अब केन्द्रमा यी १५ मन्त्रालय मात्र रहेने छन् !

Spread the love

काठमाडौँ-सरकारले संघमा रहने १५ वटा मन्त्रालयको खाका तयार पारेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता डिल्लीराम शर्माले मन्त्रिपरिषद्को बैठकले उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा संयोजक रहेको प्रशासनिक समितिले १५ वटा मन्त्रालय रहेको प्रतिवेदन पास गरेको बताउनुभयो।

समितिले पास गरेपछि क्याबिनेटमा जाने व्यवस्था छ। मन्त्रिपरिषद्मा ४ वटा विषयगत समिति रहेका छन्। शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित, गृह, अर्थ, रक्षा, परराष्ट्रलगायतका मन्त्रालय यथावत् रहेका छन् भने अन्य मन्त्रालयलाई कार्य विभाजन मिल्ने गरी समायोजन गरिएको जानकारी दिनुभयो।

उच्चस्तरीय प्रशासनिक पुनर्संरचना समितिमा रेग्मीसहित काशीराज दाहाल, मधुरमण आचार्य, कुमारयोञ्जन तामाङ र विजयकुमार मल्लिक सदस्य रहेका थिए। समितिमा अध्यक्ष रहेका दाहाल उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका पनि अध्यक्ष हुन्। दाहालको समितिले २०७० सालमा नै संघमा १२ मन्त्रालय मात्र रहने खाका तयार गरेको थियो। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *