नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीको राजीनामा कुरिरहनु पर्दैन : सुवास नेम्वाङ

Spread the love

नेकपा एमालेका नेता एवम् पूर्व सभामुख सुवास नेम्वाङले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा कुरिरहन नपर्ने बताएका छन्।

नेता नेम्वाङले संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा कुरिरहन नपर्ने प्रष्टयाएका हुन्। राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिने चर्चा भइरहेको छ। तर, नेता नेम्वाङले जनादेश आएलगत्तै तत्काल राजीनामा नदिएर प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य, मान्यताको खिल्ली उडाएको आरोप समेत लगाए।

समुदायमा आधारित वन सहजकर्ता संजाल, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनलाई बिहिबार काठमाडौंमा उद्घाटन गर्दै उनले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार चल्ने कुनै पनि मुलुकले जनादेशलाई मान्ने गरेपनि प्रधानमन्त्री देउवाले त्यस अनुसारको आचरण देखाउन नसकेको आरोप पनि लगाए।

नेता नेम्वाङले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक हुनेबित्तिकै नयाँ सरकार गठन हुने पनि स्पष्ट पारे।

उनले जनताको सहभागिता बिना मुलुकको वन सम्पदाको संरक्षण र दीगो विकास सम्भव नहुने धारणा रा


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *