समानुपातिक सूची बुझाउन दलहरुलाई आजै पत्राचार गर्ने आयोगको तयारी

Spread the love

समानुपातिक सूची बुझाउन दलहरुलाई आजै पत्राचार गर्ने निर्वाचन आयोगले जनाएको छ।

दिउँसो ३ बजेतिर दलहरुलाई पत्राचार गर्ने तयारी भइरहेको निर्वाचन आयुक्त नरेन्द्र दाहालले सेतोपाटीलाई जानकारी दिए।

बुधबार राष्ट्रियसभा चुनाव सम्पन्न भएर नतिजा आइसकेकाले प्रतिनिधिसभा चुनावमा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्या सार्वजनिक गर्न आयोगले दलहरुलाई पत्राचार गर्न लागेको हो।

आयोगले यसअघि समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरी दलहरूले तीन दिनमा नाम सिफारिस गर्नुपर्ने र बिग्रिएमा दुई दिनमा सच्याउनुपर्ने प्रावधान गरेको थियो।

प्रतिनिधिसभा सदस्यको सबै निर्वाचन परिणाम फागुनको पहिलो हप्ताभित्रै राष्ट्रपति समक्ष पेश गर्ने पनि आयोग बताएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *