समानुपातिकमा कुन पार्टीले कतिजना महिला पुरुस पठाउन पाउने हेर्नुहोस !

Spread the love

काठमाडौँ; प्रतिनिधि सभाको प्रत्यक्षतर्फ र राष्ट्रिय सभामा २७ जनामात्र महिला निर्वाचित भएपछि दलहरूले अब समानुपातिकबाट संघीय संसदमा एक तिहाइ महिला पुर्यापउनु पर्ने भएको छ।

संविधानमा संघीय संसदमा हरेक दलबाट एक तिहाई  अर्थात् ३३.३३ प्रतिशत महिला हुनै पर्ने वाध्यकारी व्यवस्थाअनुसार दलहरूले अब समानुपातिकका बहुसंख्यक सिटमा महिला सांसद निर्वाचित गर्नुपर्ने भएको हो।

संविधानको धारा ८४ को ८ मा लेखिएको छ:
‘यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्नेछ। त्यसरी निर्वाचित गर्दा उपधारा (१) को खण्ड (क) र धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित सदस्यहरू मध्ये कुनै राजनीतिक दलको एक तिहाइ सदस्य महिला निर्वाचित हुन नसकेमा त्यस्तो राजनीतिक दलले उपधारा (१) को खण्ड (ख) बमोजिम सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट संघीय संसदमा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाइ महिला सदस्य हुने गरी निर्वाचित गर्नु पर्नेछ।’

संघीय संसदमा प्रतिनिधि सभाका २७५ र राष्ट्रिय सभाको ५६ गरी ३३१ सांसद निर्वाचित हुन्छन्।

यसअघि राष्ट्रिय सभामा कुन दलका कति महिला सांसद हुन्छन् भन्ने टुंगो नलागेकाले निर्वाचन आयोगले प्रतिनिधि सभाको मतपरिणाम सार्वजनिक गर्न सकेको थिएन।

बुधबार राष्ट्रिय सभाको चुनाव भई सबै मत परिणाम आएपछि आयोगले बिहीबार नै दलहरुले पाएको समानुपातिक सिटलाई विभिन्न कलस्टरको प्रतिशतका आधारमा समानुपातिक सूची बुझाउन पत्राचार गर्ने तयारी गरेको छ।

राष्ट्रिय सभामा महिलालाई निर्धारित कोटा २१ भन्दा बढी महिलाले चुनाव जितेका छैनन्। २१ मध्ये एमालेले ११, कांग्रेसले ६, माओवादीले ३ र फोरमले १ सिट जितेका छन्।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ६ जना मात्र महिला सांसद निर्वाचित भएका छन्।

तीमध्ये तीन माओवादी केन्द्र, २ एमाले र १ जना राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका हुन्।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एमालेका ८० सांसद जितेको छ। राष्ट्रियसभामा उसले २७ सिट पाएको छ। समानुपातिकतर्फ एमालेको भागमा ४१ सिट परेको छ। अब संघीय संसदमा एमालेको जम्मा सिट १४८ हुन्छ। संविधानअनुसार १४८मध्ये ५० जना एमाले सांसद महिला हुनुपर्छ। प्रतिनिधि सभाको प्रत्यक्ष र राष्ट्रिय सभामा गरी एमालेका १३ जना महिला सांसद छन्। बाँकी ३७ जना सांसद उसले प्रतिनिधि सभाको समानुपातिक सूचीबाट बनाउनु पर्छ। ३७ महिला सांसद बनाउँदा एमालेको समानुपातिक सूचीमा रहेका ४ जना पुरुष मात्र सांसद बन्न पाउँछन्।

कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ जितेका २३ सिटमा एउटा पनि महिला छैनन्। राष्ट्रिय सभामा कांग्रेसले जितेका १३ मध्ये ६ जना महिला छन्। प्रतिनिधि सभाको समानुपातिकतर्फ कांग्रेसले ४० सिट पाएको छ। अब संघीय संसदमा कांग्रेसका ७६ सांसद हुनेछन्। त्यसमध्ये २६ जना महिला हुनु पर्नेछ।

एक तिहाई महिला पुर्याोउन कांग्रेसले समानुपातिकबाट २० महिला र २० जना पुरुष पठाउनु पर्छ।

संसदको तेस्रो दल माओवादी केन्द्र ३३ प्रतिशत महिला पुर्या०उन समानुपातिकबाट १ जनाबाहेक सबै महिला छान्नु पर्नेछ। माओवादीबाट प्रतिनिधि सभाको प्रत्यक्षमा जितेका ३६ मध्ये ३ महिला थिए। राष्ट्रिय सभामा माओवादीले जितेका १२ मध्ये ३ जना महिला छन्। समानुपातिकमा माओवादीले १७ सिट पाएको छ। संघीय संसदमा माओवादीका ६५ सांसद हुनेछन्। त्यसको एक तिहाईका लागि माओवादीले समानुपातिकमा पाएको १७ मध्ये १६ सिटमा महिलालाई पठाउनु पर्नेछ।

राष्ट्रिय पार्टी बनेको अर्को दल संघीय समाजवादी फोरमले समानुपातिकमा ६ सिट पाएको छ। प्रत्यक्षमा उसले १० सिट जितेको थियो। राष्ट्रिय सभामा २ सिट जितेको फोरमले अब ५ जना महिला सांसद पठाउनु पर्छ। राष्ट्रिय सभामा एक जना महिला निर्वाचित भएपछि प्रतिनिधि सभामा फोरमबाट एक जना पुरुष समानुपातिक सांसद हुने भएका छन्।

राष्ट्रिय जनता दलले भने समानुपातिकका सबै सांसद महिला छान्नु पर्ने भएको छ। राष्ट्रिय र प्रतिनिधि सभामा १३ सिट जितेको राजपाले समानुपातिकमा ६ सिट पाएको छ। उसले समानुपातिकमा सबै महिला पठाउँदा पनि तिहाइ महिला भने पुग्दैनन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *