यसरी आउने छन् एभरेष्टका संस्थापक शेयरधनी, नियमनकारी निकायले मान्ला एभरेष्टको प्रस्ताव?

Spread the love

काठमाडौं- एभरेष्ट इन्स्योरेन्सको प्रस्तावअनुसार हाल कामय शेयरधनी सर्वसाधारण र संस्थापक दुवै समूहमा पर्ने भएका छन्। कम्पनीको हालको चुक्ता पूँजी १२ करोड १५ लाख रुपैयाँ छ।
कम्पनीले अहिलेको प्रस्तावअनुसार हाल कायम भएका शेयरधनीलार्इ नै संस्थापकको लागि १०४ प्रतिशत हकप्रद जारी गर्नेछ। १:१.०४ प्रतिशत हकप्रद पश्चात कम्पनीको संस्थापक शेयरधनीहरु ५१ प्रतिशत कायम हुनेछन्। हाल कायम शेयरधनीहरु नै जम्मा पूँजी संरचनाको ४९ प्रतिशत अर्थात सर्वसाधारण शेयरधनीमा पर्नेछन्।
कम्पनीले पहिलो चरणमा निष्काशन गरेको हकप्रद पश्चात चुक्ता पूँजी २४ करोड ७९ लाख रुपैयाँ हुनेछ। बीमा समितिले निर्जीवन बीमा कम्पनीको लागि न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुर्यायउन निर्देशन दिइसकेको छ।
यदि अहिलेको प्रस्तावअनुसार कायम हुने शेयर पूँजी पश्चात एक अर्ब रुपैयाँ पुर्या उन न्यूनतम ४०३ प्रतिशत हकप्रद निष्काशन गर्नु पर्ने हुन्छ। यसमा दुवै समूहले बराबर हकप्रद पाउन सक्नेछन्।
हकप्रद पश्चात कायम संस्थापक शेयरधनीको कारोबार कसरी होला ?
कम्पनीको हाल ८ हजार भन्दा धेरै शेयरधनी छन्। अहिलेकै शेयरधनीलार्इ संस्थापक बनाउँदा १० कित्ता सेयर हुने पनि संस्थापक शेयरधनी हुनेछन्। यसले गर्दा हजारौँ शेयरधनी एकैपटक संस्थापक हुनेछन्। तर सबै संस्थापक शेयरधनी हुने मनासयका नहुन सक्छन्। यसले कारोबार प्रणालीमा केहि असहजता पैदा गर्नेछ।
हजारौँ शेयरधनी एकै पटक संस्थापक हुने हुँदा उनीहरुको कारोबारमा सहजता ल्याउन धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले केही नयाँ व्यवस्था मिलाउनु पर्ने बीमा समितिका कानुन शाखाका उपनिर्देशक साम्वराज लामिछानेले बताए। कम्पनीको यो प्रस्ताव बीमा समितिमा आइसकेको छैन तर आधिकारीक निकायबाट सार्वजनिक गरेको हुँदा प्रस्ताव सकारात्मक छ। तर बीमा समितिमा कम्पनीले पेश गरेपछिमात्र छलफल गरिने उनले बताए।
एभरेष्टको यो प्रस्ताव नयाँ भए पनि कम्पनीले कायम गर्ने संस्थापक शेयरको कारोबार अन्य कम्पनीको संस्थापकको जस्तै गरी हुने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए। धेरै जना संस्थापक शेयरधनी भएमा कम्पनी आफैँले एकीकृत गर्न सक्ने उनले बताए। यसको व्यवस्थापन गर्ने जिम्मा स्वयं बीमा कम्पनीकै भएको उनले बताए।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *