काठमाडौं- मेडीसिटि अस्पतालमा बुध्द एयर रोयल क्लबका सदस्यलाई विशेष सहुलित दिने गरि दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौता पत्रमा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत र नेपाल मेडीसिटि अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले हस्ताक्षर गरे।
सम्झौता अनुसार बुध्द एयरका कर्मचारी तथा त्यसका नियमित यात्रुहरुलाई समेत नेपाल मेडिसिटीले विशेष छुटको व्यवस्था गरेको छ। सम्झौतापश्चात् बुध्द एयरका प्रबन्ध निर्देशक बस्नेतले यस सम्झौताबाट रोयल क्लबका सदस्यहरुका साथै आफ्ना कर्मचारीहरु पनि लाभान्वित हुने बताए।

स्वस्थ नागरिक बनाई समृद्धिको मार्गमा अघि बढ्न मेडीसिटि अस्पतालको स्थापना एउटा अभियानको रुपमा सुरुवात भएको अस्पतालका अध्यक्ष डा. महतोले बताए। ७५० शैयाको नेपाल मेडीसिटि अस्पताल सबै नागरिकलाई नेपालमै अन्तराष्ट्रियस्तरको उपचार सेवा दिने उद्देश्यका साथ स्थापना भएको उनले बताए।