माओवादी केन्द्रकी नेतृ रेनुले गरिन दोस्रो विवाह

Spread the love

माओवादी केन्द्रकी नेतृ रेनु चन्दले दोस्रो विवाह गरेकी छन् ।
पहिलो श्रीमानसँग आठ वर्ष अघि विधिवत सम्बन्ध विच्छेद
गरेकी चन्दले दोलखाका चिरन मानन्धरसँग विवाह गरेकी हुन् ।
मानन्धर स्वतन्त्र अनुसन्धाता तथा लेखक हुन् ।
गत फाल्गुन २१ गते काठमान्डौँमा सम्पन्न संक्षिप्त समारोहमा
चन्द र मानन्धरले विवाह सम्पन्न गरेका थिए । विवाहमा
माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, कमला रोक्का, गंगा
दाहाल, बिना मगर, खगराज भट्ट लगायत नेता तथा सांसद
उपस्थित थिए । विवाह गर्नुअघि चन्दले माओवादी केन्द्रका
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विवाह गर्नेबारे सूचना
दिएकी थिइन् । आफू विवाह समारोहमा उपस्थित हुन नसकेपनि
आगामी वैवाहिक जीवन सुखमय रहोस् भनी अध्यक्षले चन्दलाई
शुभकामना दिएको चन्द नजिक श्रोतले बतायो ।


प्रगतिशील ढंगले स्टेज विवाह सम्पन्न गरेका चन्द र
मानन्धरलाई शुभकामना दिन करिब दुई दर्जन लेखक तथा
बौद्धिकहरू उपस्थित भएका थिए । विद्वान लेखक तथा
नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डे, खगेन्द्र
संग्रौला, सिके लाल, युग पाठक, प्रविण अधिकारी, अनुभव अजित,

श्रद्धा घले, आदित्य अधिकारी, उज्जवल प्रसाई, डा. भास्कर
गौतम लगायत लेखकहरुको उपस्थिति थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *