टिकट भोटिङको अन्त्य गर्दै कला र गला भएको प्रतिभा छान्ने लक्ष्य सहित nepals aone star सुरु हुँदै

Spread the love

काठमाडौं : श्रावण ५ गते चितवनबाट अडिसन प्रारम्भ गर्न लागिएको देशकै ठुलो नृत्य तथा गायन बिधाका प्रतिस्पर्धाहरु मध्यको एक बृहत् कार्यक्रम आयोजना हो “Nepal’s A1 Star” Events Nepal द्वारा आयोजना गरिएको यस कार्यक्रमको अडिसन मिति र स्थानहरु आयोजकले सार्वजनिक गरिसकेको छ । श्रावण ५ गते चितवनको अडिसन लगत्तै ९ गते हेटौंडा, १२ गते बिरगंज, १६ गते धनकुटा, १९ गते इटहरी, २२ गते झापा, २६ गते नवलपरासी, २७ गते भुमाइ, २९ गते बुटवलमा गरी भाद्र २ गते कोहलपुर, ५ गते बर्दिया, ९ गते धनगढी, १३ गते पोखरा, १६ गते लमजुङ, १९ गते गोरखा, २३ गते काठमाडौं र २६ गते दाङ लगायतका अडिसन स्थान र मिति सार्वजनिक भएका छन् । बाँकी इलाम, बाग्लुङ र तनहुँ गरी नेपालको २१ स्थानमा अडिसन गरिने भएको आयोजकले जनाएको छ । “Nepal’s A1 Star” एउटा यस्तो कार्यक्रम हो जसले बिशुद्ध कला र कलाकारको सम्मान र खोजी गर्नेछ । पहिलो बरिष्ठ संगीतकर्मी तिर्थराज पोखरेल गायनबाट, अन्तरराष्ट्रिय संस्कृतिकर्मी तथा संगीतकर्मी सन्तोष लामा सोनुव्यास नृत्यबाट, गायिका दिपा लामा गायनबाट, नायक सुशान कार्की नृत्यबाट, चलचित्र बितरक तथा निर्माता शिवराज कार्की नृत्यबाट र संगीतकर्मी रेगन क्षत्री गायनबाट निर्णायकको रुपमा रहने कार्यक्रम कमिटीका अध्यक्ष नवराज न्यौपानेले बताएका छन् । नेपालमा अहिले सम्म विभिन्न टिकेटिङ्ग भोटिङ सिस्टम राखी ठगी धन्धा गर्ने कार्यक्रमहरुबाट बारबार ठगिदै पिडित हुनु भएको नवकलाकारहरुलाइ अब प्रतिभाको कदर गर्दै बिना टिकेटिङ्ग भोटिङ्ग कार्यक्रम सबैको सामु ल्याएकोे अध्यक्ष न्यौपाने बताउँछन । कार्यक्रम संचालकको रुपमा चर्चित कार्यक्रम संचालक राज न्यौपाने र निरमा क्षेत्री रहनेछन् । कार्यक्रम कमिटीका उपाध्यक्ष ओम खतिवडा, सचिव प्रेम खतिवडा, सहसचिव अञ्जली क्षेत्री ,कोषाध्यक्ष सुजन तामाङ, सहकोषाध्यक्ष उमेश पोख्रेल र युवा व्यवस्थापक तथा बजार व्यवस्थापकद्वय युवराज न्यौपाने र मिलन देवानका अनुसार विभिन्न संस्थाहरुले प्रतिभा जन्माउने नाममा खुलेआम धनराशिको धन्दा गरि बजारलाई धमिल्याई रहेको अवस्थामा जनता सामु त्यस्ता धन्दागिरी अन्त्य गरी त्यस्ता कार्यक्रमबाट कुनै पनि प्रतिभावान कलाकारहरु नठगिउन् र प्रतीभाको लागि सहि कार्यक्रम के हो भन्ने कुरा जनता सामु सकारात्मक प्रभाव छोड्नका लागि र “Nepal’s A1 Star” लाई हरेक मानिस सम्म र्पुयाउनको लागि आफुहरु दिनरात एकहोडले मेहनत गरिरहेको बताउछन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *