अमेरिका–उ कोरिया वार्ताले विश्व शान्ति कायम हुने विश्वास

Spread the love

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाका स्टेट अफेयर्स कमिसनका अध्यक्ष किम जोङ उनबीच भएको वार्ताले विश्व शान्ति कायम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

नेता नेपालले आज जारी गरेको विज्ञप्तिमा गत मंगलबार उहाँहरुबीच सिंगापुरमा भएको ऐतिहासिक वार्ताको स्वागत गर्दै शान्ति, समृद्धि र निःशस्त्रीकरणका लागि भएको चारबुँदे सम्झौताले कोरिया प्रायःद्वीपका साथै विश्वमा शान्ति कायम भूमिका निर्वाह गर्ने जनाइएको छ ।

विज्ञप्तिमा हालैका दिनमा कोरियाली प्रायःद्वीपमा शान्ति स्थापनाका लागि भएका प्रयासमा सो वार्ताले भविष्यका लागि समेत मार्गदर्शन गर्ने उल्लेख गर्दै भनिएको छ, “मुलुकका बीचमा देखापर्ने कुनै पनि समस्याको समाधान आपसी संवादका माध्यमबाट शान्तिपूर्ण ढंगले खोज्न यस वार्ताले समस्त विश्वलाई अभिप्रेरित गरेको छ ।”
सहमति भएका विषयलाई कार्यान्वयन गर्ने र आपसी हितका बाँकी विषयमा थप समझदारी गर्दै जाने कुराले कोरियाली प्रायःद्वीपमा दिगो शान्ति कायम गराउने बताउँदै उहाँले दुई कोरियाबीच गत अप्रिल २७ मा भएको ऐतिहासिक वार्तालाई समेत निरन्तरता दिँदै आगामी दिनमा शान्ति स्थापनाका क्षेत्रमा निर्णायक कदम चालिने अपेक्षा गर्नुभएको छ । (रासस)


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *