ट्रम्पका पूर्व वकीलद्वारा अमेरिकी राष्ट्रपतिको विपक्षमा जाने सङ्केत

Spread the love

न्यूयोर्क, संयुक्त राज्य अमेरिका, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकील मिसेल कोहेनले सर्वप्रथम आफू आफ्नो परिवार र देशप्रति इमान्दार रहने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको विपक्षमा न्यायाधिकारीलाई सघाउने इच्छा रहेको सङ्केत गर्दै कोहेनले एबीसीसँगको अन्तर्वार्तामा भन्नुभयो, “प्रष्ट भन्नुपर्दा मेरो पत्नी, मेरो छोराछोरी र मेरो देशप्रति मेरो सवैभन्दा बढी निष्ठा रहने छ ।”

कोहेनको भनाइसँगै कतै उहाँसँग राष्ट्रपतिको विपक्षमा वलियो तथ्य त छैन भन्ने अनुमानहरू फैलिएका छन् । उहाँले विगतमा राष्ट्रपतिविरुद्ध ‘कडा आधार’ रहेको भन्ने घोषणा निकै विवादास्पद मानिएको अभिव्यक्ति हो ।

अमेरिकी संघीय गुप्तचर निकाय (एफबिआई) ले गत अप्रिलमा कोहेनको घर तथा कार्यालयमा विशेष सल्लाहाकार रवर्ट मुलरको निर्देशनमा खानतलासी गरेको थियो । मुलरले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिने गरेको हस्तक्षेपबारे अनुसन्धान गरिरहनुभएको छ । अनुसन्धानले ट्रम्पको निर्वाचन अभियानमा मस्कोको सम्लग्नता रहेको भन्ने विषयमा आएका सूचनामाथि छानविन गरिरहेको छ ।

कोहेनको घर तथा कार्यालयमा भएको खानतलासीपछि सञ्चारमाध्यममार्फत आएको बिस्तृत कुराकानीमा पनि उहाँले ट्रम्पको प्रसंशा गर्नुभएन । बरु असन्तुष्टिका शब्दहरू खर्चिदै आफूमाथिको अनुसन्धानप्रति कुराकानीलाई केन्द्रित गर्नुभएको थियो ।

सन् २००७ मा ट्रम्पको निजी वकील बनेका कोहेनले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई निर्वाचनपूर्व एक लाख ३० हजार अमेरिकी डलर दिई सन् २००६ मा ट्रम्पसँग सम्बन्ध रहेको भनिएको कुरामा केही नबोल्न आग्रह गरेको भनाई बाहिर आएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *