कृष्णप्रसाद हत्यामा संलग्न स्वयम् अदालतमा उपस्थित, आजै कारागार चलान

Spread the love

काठमाडौँ,  सर्वोच्च अदालतको आदेशको पालना गर्दै गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा दोषी ठहरिएका छविलाल पौडेल आज आफैँ अदालतमा उपस्थित भएका छन् ।

सर्वोच्च अदालतमा उपस्थित भएपछि अदालतले आजै पौडेललाई डिल्लीबजार कारागार चलान गरेको छ । द्वन्द्वकालमा चितवनको रत्रमा मामाघर जाने क्रममा २०६१ जेठ २४ गते कृष्णप्रसादको हत्या भएको थियो । हत्याको दोषी पौडेल ठहर भएका थिए ।

आफ्ना छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आमा गंगामाया अधिकारी लामो समयदेखि पटकपटक आमरण अनशनमा बस्दै आउनुभएको छ भने बाबु नन्दप्रसाद अधिकारीले अनशनका क्रममा २०७१ असोज ६ मा मृत्यु भएको थियो ।

विसं २०७२ पुस ६ गते तत्कालीन पुनरावेदन अदालत हेटाँैडाले पौडेललाई धरौटीमा छाड्ने आदेश गरेको थियो भने सोही मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले २०७२ पुस ६ गते पौडेललाई दोषी ठहर गरी थुनामा राख्ने फैसला सुनाएको थियो ।

फैसला भएको तीन वर्षपछि ६८ वर्षीय पौडेल आज आफँै आत्मसर्मण गर्दै अदालतमा उपस्थित भएका हुन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *