आमाबुबा गुमाएका बालबालिकालाई शिक्षा सहयोग मिलाएको छ । 

Spread the love

नेपालगञ्ज,  आमाबुबा गुमाएका अति विपन्न परिवारका पाँच जना बालबालिकालाई नेपालगञ्ज उपमहानगरपालिका–१२ को वडा कार्यालयले निजी विद्यालयमा अध्ययनको व्यवस्था मिलाएको छ ।

सोही वडाका चिडिमार समुदायका ती बालबालिकालाई वडा कार्यालयले स्थानीय सेन्टथोमस बोर्डिङ स्कूलमा १ देखि १० कक्षासम्म अध्ययनको व्यवस्था मिलाएको हो ।

यसैगरी, सोही समुदायकी युवती खुशी चिडिमारको बिबीए अध्ययनका लागि वडा नं १२ को कार्यालयले रु ५० हजार नगद सहयोग उपलब्ध गराएको अध्यक्ष बुद्धिसागर सुवेदीले बताउनुभयो ।

यसैगरी आमाबुबा गुमाएका पाँच जना बालबालिकाका परिवारलाई सो वडा कार्यालयले एक महिनालाई पुग्ने चामल, दाल, तेल, नून, चाउचाउलगायतका खाद्यान्न सामग्रीसमेत उपलब्ध गराएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *