स्वयम्भूमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिदा , एकको मृत्यु !

Spread the love

साउन ३,काठमाडौंको स्वयम्भू, हल्चोकमा कन्टेनर गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको सुलकोटका ६६ वर्षीय मोहन पनेरु छन् ।

गएराति ७ बजे सितापइलाबाट वनस्थलीतर्फ जाँदै गरेको बा ९६ प ५९३७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ५६४८ नम्बरको कन्टेनरले ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार उनको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा मोटरसाइकल चालक ३२ वर्षीय रन्जित तिमल्सेना सामान्य घाइते भएका छन् । तिमल्सेनाको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटना संलग्न दुवै सवारी साधन र कन्टेनर चालकलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा राखिएको छ ।(रासस)


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *