केसीको अनशनस्थलमा झडप ! प्रहरीको गोली लागेर एक प्रहरी घाइते, पत्रकारको क्यामेरा तोडफोड !

Spread the love

जुम्ला । प्रा. डा. गोविन्द केसी अनशनरत खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चल्दा एक प्रहरी घाइते भएको छ । प्रहरीको टोली र विद्यार्थी तथा केसीका समर्थकबीच झडपका क्रममा प्रहरीको गोली लागेर प्रहरी नै घाइते भएको हो ।

डा. केसीलाई जर्बजस्ती काठमाडौं लैजाने निर्णयअनुसार अनसनस्थलमा प्रहरी हस्तक्षेप भएपछि झडप भएको हो । झडपमा दर्जनौं घाइते भएका छन्।स्थानीय पत्रकार एलपी देबकोटाको क्यामेरा तोडफोड गरी प्रहरीले कुटपिट गरेको छ।

प्रहरीले अस्पताल क्षेत्रमा दर्जनाैं राउन्ड अश्रुग्यास प्रहार गरेकाे छ। विद्यार्थीले प्रतिष्ठानको गेटबाट प्रहरी प्रवेश गर्न नदिन सांग्लो बनाएर बसिरहेका थिए। प्रहरीले सांग्लो तोडेर भित्र प्रवेश गरेको हो।

प्रतिष्ठान परिसरमा विद्यार्थी, महिलादेखि अन्य सर्वसाधरणको पनि बाक्लो उपस्थिति छ । अर्कातिर सुरक्षाकर्मी पनि सयौँको संख्यामा परिचालित गरिएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *