सरकारको होइन, डा. केसीको शैली अधिनायकवादीः उपप्रधानमन्त्री पोखरेल !

Spread the love

५ साउन, विराटनगर । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले चिकित्सा शिक्षा सुधारका नाममा अनशन बसेर डा. गोविन्द केसीले गलत अभ्यास गरेको आरोप लगाएका छन् । उनले केसीको कार्यशैली सर्वसत्तावाद र अधिनायकवादी भएको भन्दै सच्याउन आग्रह गरे ।

‘डा. केसीले आफना माग पूरा गराउन अधिनायकवादी तरिका अपनाउनु भएको छ,’ केसीसँग वार्ता गर्न सरकारी पक्षले उदासीनता देखाएको आरोप लागिरहेका बेला उपप्रधानमन्त्री पोखरेलले भने, ‘कुनै एक व्यतिmले आफ्ना माग पूरा गर्ने नाममा विधि र प्रक्रिया मिच्छ भने त्यो मान्य हुँदैन ।’

 

उपप्रधानमन्त्री पोखरेलले डा. केसी राजनीतिक स्वार्थ समूहको शिकार बन्ने खतरा बढेको भन्दै त्यसबाट जोगाउन जरुरी रहेको औंल्याए । उनले केसी स्वास्थ्य, शिक्षासँग सम्बन्धित मुद्दाबाट या राजनीति केबाट प्रेरित भएको हो भन्ने प्रश्न गर्दै शुरुमा त्यो प्रष्ट हुनुपर्ने बताए ।

पोखरेलले वार्ता र संवादमा सरकार नभएर केसी उदासीन भएको आरोप लगाए । केसीको माग पूरा गर्ने काम जनताबाट निर्वाचित जनप्रतिनिधिको भएकाले केसीले वार्तामा बस्न आनाकानी गर्न नहुने तर्क उपप्रधानमन्त्री पोखरेलको छ ।

पोखरेलले डा. केसीका माग एक, दुई, तीन गरेर सम्बोधन गर्ने खालको नभएको समेत प्रष्ट पारे ।

शिक्षा र स्वास्थ्य राष्ट्रियकरण गर्नु पर्ने भनेर हल्ला मात्र भएको मन्त्री पोख्ररेलले जानकारी दिए । उनले शिक्षा, स्वास्थ्य जनताको आधारभूत आवश्यता भएकाले त्यो पूरा गर्न जनताको अधिकार स्थापित गर्न सरकार तयार रहेको जानकारी दिए ।

उनले सरकारले ल्याएको स्वास्थ्य शिक्षा विधयेकमा संशोधन आवश्यक भए संसदबाट गर्न सकिने बताए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *