ट्रिपर ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि ट्रिपर जलाईयो, बनेपा तनावग्रस्त !

Spread the love

काठमाडौं । काभ्रेको बनेपामा चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि बनेपा तनावग्रस्त बनेको छ । आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी समेत गरेका छन् ।

बा२ख ३९३४ नम्बरको टिप्परले मोटरसाइकललाई ठक्कर दिएको हो । घटनाको विरोधमा स्थानीयले ठक्कर दिने टिप्परमा आगजनी गरेका छन् ।मृतकको सनाखत हुन सकेको छैन ।

स्थानीयको विरोध र टिप्परमा आगजनीपश्चात धुलिखेल बनेपा -सडकखण्ड अवरुद्ध भएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *