भक्तपुर, बी एण सी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाँईले बंगलादेशमा चिकित्सक अध्ययनमा गएका नेपाली चेलीको बिषयमा दिएको अभिव्यक्तिको मूल मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाईरल बनाइएको बताउनु भएको छ ।
भक्तपुरमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा प्रसाँईले तेह्र चौध महिना अघि एक कार्यक्रममा बंगलादेशमा अध्ययन गर्न जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणका बिषयमा दिएको अभिव्यक्तिलाई हाल आएर उक्त अभिव्यक्तिको मर्म तोडमोड गरि सामाजिक सञ्जालमा भाइरल बनाइएको आरोप लगाउनु भयो ।
उहाँले आफूले भन्न खोजेको बिषलाई तोडमोड गरेर बिबादमा तान्न खोजिएको बताउँदै उक्त भनाईको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको दावी गर्नुभयो । उहाँले आफ्नो भनाई बंगालादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमै अध्ययनको वातावरण श्रृजना गर्न सके राम्रो हुने र त्यहाँ उनीहरुले बिभिन्न खालको शोषणको सामना गर्नु पर्ने अवस्थाको अन्त्य हुने धारणा राखेको बताउनु भयो ।
उहाँले बंगलादेशमा अध्ययन गर्न गएका चेलीका बिषयमा लिएर आफ्नो अभिव्यक्तिको मर्म सामाजिक सञ्जालमा आएको जस्तो नरहेको बताउँदै यसले पर्न गएको असर प्रति क्षमा माग्नु भयो ।
चिकित्सा बिधेयकका बारे उहाँले संविधान र कानुन बमोजिम सरकारले निर्णय गर्ने बिषय भएकाले आफुले यो बिषयमा बोल्न उपयुक्त नहुने बताउनु भयो । गोबिन्द केसीको अन्दोलनका बारे आफूले बोल्नु पर्ने बिषय नभएको र सरकारले नै उनको माग सम्बोधन गर्ने वा के गर्ने भन्ने बिषय रहेको उहाँले प्रष्ट पार्नुभयो ।