बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र जापानमा प्रदर्शन

Spread the love

काठमाडौँ,  पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको जेल जीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र जापानमा प्रदर्शन गरिएको छ ।

बिपीको ३७ औँ स्मृति दिवसको अवसर पारेर आइतबार र सोमबार बिपी चिन्तन एवं गणेशमान फाउण्डेशन जापान तथा बिपी संग्रहालय समिति काठमाडौँको संयुक्त आयोजनामा टोकियोमा सो वृत्तचित्र प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा कोइरालाको राजनीतिक इतिहास र जेल जीवनका बारेमा जानकारी समेत गराइयो । वृत्तचित्रमा बिपी, सर्वोच्च नेता गणेशमान सिंहले पञ्चायती शासनमा सुन्दरीजलको कारागारमा बिताएका जेल जीवनको अवस्थाबारे चित्रण गरिएको छ ।

कार्यक्रममा बिपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले सुन्दरीजल बन्दी गृहलाई संग्रहालय बनाउन गरिएको संघर्षका बारेमा स्मरण गराउनुभयो । बिपी चिन्तन तथा गणेशमान फाउण्डेशन जापानका अध्यक्ष डा बलराम श्रेष्ठले प्रजातान्त्रिक समाजवादी दर्शन र चिन्तन विश्वमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा बिपी चिन्तन तथा गणेशमान फाउण्डेसन जापानकी सचिव जापानी नागरिक इमुरा हिरोकोले प्रजातान्त्रिक नेता बिपीको जेल जीवनबारे वृत्तचित्र जापानमै हेर्न पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका संस्थापक अध्यक्ष राजन प्रधान, बुद्धिजीवी, सामाजिक, राजनीतिक दल तथा संघ संस्थाका प्रतिनिधि सहभागी भई वृतचित्र रुचिपूर्वक हेर्नुभएको थियो ।(रासस)


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *