सुन अनुसन्धान समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन !

Spread the love

१७ साउन, काठमाडौं । नेपालमा भइरहेको संगठित सुन तस्करीको र्‍याकेटबारे अनुसन्धान गरेको उच्च स्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित समितिका संयोजक ईश्वरराज पौडेल लगायतका पदाधिकारीहरु पुगेर ७ सय ७२ पृष्ठ लामो प्रतिवेदन अोलीलार्इ बुझाइएको हो  ।

गृहमन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार प्रतिवेदनमा नेपालमा भइरहेको संगठित सुन तस्करी, सनम शाक्यको हत्याबारे घटना विवरण, तथ्य र सुझावलाई समेटिएको छ ।

सरकारले संगठित अपराध निवारण ऐनको परिच्छेद ४ मा भएको विशेष अनुसन्धान टोली गठन गर्न सक्ने व्यवस्था अनुरुप गत १९ चैतमा गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा सरकारले अनुसन्धान समिति गठन गरेको थियो ।

त्यसवेला बिर्तामोडका सुन व्यवसायी साजन मुखिया हत्याको अनुसन्धान गर्ने जिम्मेवारी समेत समितिलाई दिइएको थियो । तर, मुखियाको हत्यासँग साढे ३३ केजी सुन गायब प्रकरणको कनेक्सन भेटिएन ।

प्रारम्भिक चरणमा सरकारले समितिलाई ४५ दिनभित्र अनुसन्धान सक्न कार्यदेश दिएको थियो । यद्यपि, त्यो समयसिमासम्म अनुसन्धान पूरा नभएपछि २५ दिनका लागि म्याद थप गरिएको थियो ।

त्यसपछि पुनः थप अनुसन्धानका लागि एक महिना म्याद थप भएको थियो ।

समितिको अनुसन्धानका क्रममा पूर्व डिआईजी गोविन्द निरौलासहित ९ प्रहरी अधिकारी, मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे लगायत पक्राउ परेका छन् ।

यो पनि पढ्नुस् 

सुन तस्करीको नयाँ रुटः यूएई–चीन–रसुवा–काठमाडौं हुँदै भारत

सुन तस्करीको कमाई जग्गामा ! गोरेको लगानी खोज्दै अनुसन्धान समिति

सुनकाण्डमा अरुपात्र छिट्टै बाहिर आउँछन्ः गृहमन्त्री

त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)

कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

सुन तस्करको अर्को समूह खोज्दै छानविन समिति

अदालतसामू टेकराजको बयानः दुबईबाट सुन ल्याएको हुँ, सबै सेटिङ गोरेले मिलाउँथे


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *