मेसी फर्किए बार्सिलोनाको ट्रेनिङमा

Spread the love

मड्रिड: स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिन खोजेका  स्ट्राइकर लिओनेल मेसी क्लबको ट्रेनिङमा फर्किएका छन्। उनी सोमबार नियमित क्लबको ट्रेनिङमा फर्किएका हुन्।

३३ वर्षीय मेसीले २५ अगस्टमा क्लबबाट ट्रान्सफर हुनका लागि रिलिज गरिदिन आग्रह गरेका थिए। तर क्लबले रिलिज गर्न मानेको थिएन। त्यससँगै गत शुक्रबार कुनै पनि क्लबले उनको रिलिज रकम तिर्न नसक्ने भन्दै  फर्किएको बताइएको थियो।

मेसीले फिलिप कोटिन्होझैँ आफैँ ट्रेनिङ गर्न थालेको बताइएको छ।   कोटिन्हो एक वर्षपछि जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोना नै फर्किएसँगै ट्रेनिङ गर्न थालेका हुन्। क्लबका खेलाडीको कोभिड–१९ परीक्षण गर्दा गत अगस्ट ३० मा उनीहरू छुटेपछि आफैँ ट्रेनिङ बस्नुपर्ने भएको हो।

बार्सिलोनाले सेप्टेम्बर २७ मा भिल्लारियलसँग भिड्दै ला लिगाको यो सिजन सुरुवात गर्नेछ।
 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *