रोनाल्डोको अर्को नयाँ कीर्तिमान : अन्तर्राष्ट्रिय खेलमा १ सय गोल पूरा

Spread the love

क्रिस्टियानो रोनाल्डो एक सय अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो युरोपियन पुरुष खेलाडी बनेका छन् । यूईएफए नेसन्स लिगमा स्वीडेनविरुद्ध जीत हासिल गर्ने क्रममा दुई गोल गर्दै रोनाल्डोले सो उपलब्धि हासिल गरेका हुन् । डिफेन्डिङ च्याम्पियन पोर्चुगलको यो लगातार दोस्रो जीत हो ।

पहिलो हाफको अन्त्यमा उत्कृष्ट फ्रिकिक मार्फत गोल गर्दै पोर्चुगलका कप्तानले उक्त कोशेढुंगा पार गरेका थिए । उनको करियरमा फ्रिकिकबाट यो ५७ औँ गोल थियो ।
त्यसपछि दोस्रो हाफमा रोनाल्डोले डिबक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल थपे । ८१ मिनेट खेलेका रोनाल्डो विश्वकीर्तिमानबाट अब मात्र ८ गोल टाढा रहेका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *