काठमाडौं । उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर सञ्चालनका लागि समय निर्धारण भएको छ । बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै बिहान ११ बजेसम्म डिपार्टमेन्टल स्टोर खोल्न दिने तथा साँझ फेरि ४ बजेपछि ७ बजेसम्म पनि सञ्चालनको अनुमति दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिकलगायतका पसलहरु भने साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ
यस्तै काठमाडौं उपत्यकामा बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय पनि भएको छ ।