पहिलो एकदिवसीय खेलमा, इंग्ल्यान्डमाथि अस्ट्रेलियाको जित

Spread the love

घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा अस्ट्रेलिया विजयी भएको छ।

म्यानचेस्टरमा शुक्रबार राति सकिएको खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई १९ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २९४ रन जोड्यो।

उसका लागि मध्यक्रमका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले ७७ रनको योगदान दिए। यस्तै मिचेल मार्सले ७३ रन बटुलेका थिए।

बलिङमा इंग्ल्यान्डका जोफ्रा आर्चर र मार्क उडले ३-३ विकेट लिए। अदिल रसिदको नाममा २ विकेट रह्यो।

२९५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ९ विकेटको क्षतिमा २७५ रन मात्र जोड्न सक्यो।

इंग्ल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जोनी बायस्ट्रोले ८४ रन जोडे। यस्तै साम बलिङ्सले ११८ रन जोडे। उत्कृष्ट ब्याटिङ गरेका उनले ११० बलमा १४ चौका र २ छक्का हिर्काए। तर उनको टिम पराजित हुँदा शतक छायाँमा पर्‍यो।

बलिङमा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए। जोस हजलउडको नाममा ३ विकेट रह्यो। १० ओभरमा ३ मेडन राख्दै केवल २६ खर्चिएका हजलउड प्लेयर अफ दि म्याच भए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *