सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरो : कम्तिमा चार जनाको मृत्यु

Spread the love

सिन्धुपाल्चोक : बाह्रविसे नगरपालिका-७, घुम्थाङको नागपुजेमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन्। गएरातिको अविरल वर्षासँगै माथिबाट आएको पहिरोले बस्ती पुरिँदा घरमा सुतिरहेका १६ जनाभन्दा बढी बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन्

स्थानीयका अनुसार बिहान करिब पौने चार बजे आएको पहिरोले सिंगो बस्तीका कम्तिमा १६ जना बेपत्ता भएको अनुमान गरिएको छ। पहिरोमा पुरिएका परिवारका कोहि पनि सम्पर्कमा नआएकाले कति बेपत्ता भन्ने एकिन गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको सापकोटाको भनाइ छ।

त्यसैगरी भीरखर्कमा कम्तिमा १० घर पुरिएको स्थानीयले जानकारी दिएका छन्। भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे बुझ्न र उद्धारका लागि प्रहरी घटनास्थलतर्फ जाँदै छ। अहिलेसम्म कति घर पुरिएको हो यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *