सिन्धुपाल्चोक पहिरोमा बेपत्ताको खोजी, उद्दार र राहतमा जुट्न प्रचण्डको आग्रह

Spread the love

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोक जिल्लामा पहिरोमा परी निधन तथा बेपत्ता भएको खबरप्रति दुख व्यक्त गरेका छन्। उनले आइतबार शोक वक्तव्य जारी गर्दै पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासहित सम्पूर्ण नागरिकहरुमा अनुरोध गरेका छन्।

शोक वक्तव्य उनले भनेका छन्, ‘सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं.–७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिबार राति गएको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा अत्यन्त दुःख लागेको छ।’

प्रचण्डले यस्ता पहिरो जाने सम्भावित स्थानहरुको पहिचान गरी बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
बाह्रविसे नगरपालिका-७, घुम्थाङको पहिरोले पुरिएका सात जनाको शव फेला परेको छ भने २४ जना बेपत्ता भएका छन्। पहिरोमा भक्तिमाया श्रेष्ठ, जुनु बिक, शुकलाल बिक,सन्देश बिक, सर्किनी नेवार, धनलाल नेवार र ट्याक्सी शेर्पाको शव फेला परेको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्धार र खोजी कार्य जारी रहेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *