काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गरि पहिरोमा पुरिएकामध्ये ११ जनाको शव फेला परेको छ ।
बाह्रविसे नगरपालिका–७ को भिरखर्क, नागपूजे र नेवा टोलमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको र उद्दार कार्य जारी रहेको प्रअिज ढकालले बताए ।
“अहिलेम्म ११ जनाको शव फेला परेको छ । बेपत्ता भएकामध्ये अझै २० जना बेपत्ता नै छन् ।” ‘अहिले प्रहरी, सशस्त्रलगायतका स्थानीयहरुको पहलमा उद्दार कार्य जारी छ ।’
यस्तै त्यहाँको सम्भावित जोखिम क्षेत्रमा रहेका नागरिकहरुलाई नगरपालिकाको पहलमा स्थानान्तरण गर्ने काम पनि भइरहेको बताईएको छ।