वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णय

Spread the love

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको हो

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

साथै आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिको प्रस्ताव नआएकाले छलफल नभएको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्राधिकरणको कार्यवाहक पनि कसैलाई तोकिएको छैन। वर्षौंदेखिको लोडसेडिङ समस्याबाट मुलुकलाई मुक्त गरेर जनतालाई उज्यालो दिएका नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको छ। नागरिकस्तरबाट उनलाई नियुक्त गर्न व्यापक दबाब छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *