काठमाडौँ ३१ भदौ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ९१ हजार एक सय २० जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५० लाख १८ हजार ३४ पुगेको हो । कोरोनाका कारण भारतमा हालसम्म ८२ हजार ९१ जनाले ज्यान गुमाएका छन् । एकै दिन एक हजार दुई सय ८३ जनाले ज्यान गुमाए ।
३९ लाख ३९ हजार एक सय ११ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नौ लाख ९६ हजार आठ सय ३२ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।
अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ६७ लाख ८७ हजार दुई सय ८५ पुगेको छ । एकै दिन ३५ हजार पाँच सय ८५ जना नयाँ संक्रमित थपिए । कोरोनाका कारण मृत्यु हुनेको संख्या अमेरिकामा दुई लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार एक सय ६३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या दुई लाख एक सय ६३ पुगेको हो ।
४० लाख ६१ हजार छ सय दुई जना उपचारपछि निको भएका छन् । २५ लाख २५ हजार पाँच सय २० जना उपचाररत रहेकोमा १४ हजार एक सय १८ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा संक्रमित संख्या ४३ लाख ८४ हजार दुई सय ९९ पुगेको छ । एकै दिन ३४ हजार सात सय ५५ नयाँ बिरामी थपिए । एक लाख ३३ हजार दुई सय सात जना संक्रमितको मृत्यु भइसकेको छ । एक हजार ९० जनाले एकै दिन ज्यान गुमाए ।
३६ लाख ७१ हजार एक सय २८ जना उपचारपछि घर फर्किएका छन् । पाँच लाख ७९ हजार नौ सय ६४ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ ।
विश्वमा कोरोना संक्रमित संख्या दुई करोड ९७ लाख १४ हजार ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ७५ हजार ९७ जना नयाँ संक्रमित थपिए । संक्रमितमध्ये नौ लाख ३८ हजार तीन सय ६७ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन पाँच हजार नौ सय २१ जनाको मृत्यु भयो ।
संक्रमितमध्ये दुई करोड १५ लाख २२ हजार एक सय ७९ जना उपचारपछि घर फर्किएका छन् । ७२ लाख ५३ हजार पाँच सय नौ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ६० हजार आठ सय ६६ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।