भूकम्प : सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ ६ रेक्टर स्केलको भूकम्प

Spread the love

काठमाडौँ , ३१ भदौ । बाढी र पहिरोले यसवर्ष ठूलो विनाश निम्त्याइरहेको सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बुधबार बिहान ६ म्याग्निच्यूडको भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको पनि राम्चे केन्द्रविन्दु भएर भूकम्प जाँदा मुलुकका विभिन्न ठाउँमा धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको पुष्टि गरे । भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो ।

धक्का महसुस गरिएका स्थानका सर्वसाधारण डराएर होहल्ला गर्दै घरबाहिर निस्किएका थिए । बाढी र पहिरोका त्रास एवं विनाश कायमै रहेका बेला भूकम्प गएपछि सिन्धुपाल्चोकमा झन् ठूलो तनाव थपिएको छ ।

एकाबिहानै उपत्यकासहित देशका विभिन्न भागलाई भूकम्पले हल्लाएपछि आम सर्वसाधारण डराएर र आत्तिएर घर बाहिर निस्कँदै होहल्ला गर्न थालेका थिए । गोरखा केन्द्र भएर २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो। केन्द्रका प्रमुख अधिकारीका अनुसार बुधबार बिहानै गएको भूकम्पसमेत त्यही शक्तिशाली भूकम्पको पराकम्प भएको अनुमान गरिएको छ ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *