काठमाडौं : कोरोना संक्रमणका कारण होम आइसोलेसनमै रहेका काँग्रेस महामन्त्री डा शशांक कोइरालालाई ओम अस्पताल भर्ना गरिएको छ।
मंगलवार राति करिब ८ बजे अस्पताल भर्ना भएका काँग्रेस महामन्त्री कोइरालालाई ओम अस्पतालको विशेष निगरानी कक्षमा राखिएको छ।
ओम अस्पतालले जनाए अनुसार कोइरालालाई गएराति सवा ८ बजे अस्पताल भर्ना गरिएको हो।
उहाँ हिजो राती सवा ८ बजे अस्पताल भर्ना हुनुभएको हो । ‘कोभिड-१९ पोजेटिभ देखिएपछि अलिअलि ज्वरो थियो, त्यही भएर उहाँलाई अस्पताल ल्याइएको हो। ओम अस्पतालमा कोभिड विशेष निगरानी कक्ष छ यसैमा उपचाररत हुनुहुन्छ।’
तीन जना डाक्टरको निगरानीमा महामन्त्री कोइरालाको उपचार जारी रहेको अस्पताल श्रोतले बताएको छ । ‘मेडिकल डाइरेक्टर डा विश्वनाथ कोइरालाको नेतृत्वमा टेस्ट फिजिसियन डा सुवोधसागर ढकाल र सघन उपचार विशेषज्ञ डा प्रमेस सुन्दर श्रेष्ठको टोलीले उहाँको उपचार गर्दै हुनुहुन्छ।’
ज्वरो बढ्न थालेपछि चिकित्सकको सुझावअनुसार कोइरालालाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।
‘सात दिनदेखि लगातार ज्वरो आइरहेको थियो। अस्पताल लैजाँदा नै ठीक हुन्छ भन्ने डाक्टरको सुझाव अनुसार अस्पताल लगिएको हो। अरु अवस्था सामान्य छ,’ तिवारीले भने।