योशिहिदे सुगा : जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

Spread the love

टोकियो–जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन्। तत्कालीन प्रधानमन्त्री सिन्जो आबे सरकारका प्रवक्तासमेत रहेका सुगा पूर्वमुख्यसचिवसमेत हुन्। आबेको राजीनामालगत्तै उनलाई पार्टीकै कतिपय वरिष्ठ नेताहरुले प्रधानमन्त्री बन्न उपयुक्त पात्रको रुपमा अगाडि सारेका थिए।

सन् २०१२ मा पुनः सरकारको नेतृत्वमा फर्किएका आबेले सुगालाई मन्त्रिपरिषद्को मुख्य सचिव नियुक्त गरेका थिए। जापानमा मन्त्रिपरिषद्को मुख्य सचिव पद शक्तिशाली मानिन्छ। यसलाई भावी प्रधानमन्त्रीको रुपमा पनि लिने गरिन्छ।

बुधबार संसदमा भएको मतदानमा ३१४ मतसहित सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।  लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका ४६५ सदस्यमध्येबाट  ३१४ मत प्राप्त गरेको जापानी समाचार एजेन्सी क्योदो न्युजले जनाएको छ ।

स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेको उत्तराधिकारीका लागि जापानको सत्तारुढ दल एलडीपी सोमबार नयाँ नेताको रुपमा योशिहिदेलाई सुगालाई निर्वाचित गरेको थियो । पार्टी नेतामा उनले ५३४ मध्येबाट ३७७ मत प्राप्त गरेका थिए।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *