पोखरा : पोखरा महानगरपालिकामा निषेधाज्ञा खुकुलो भएपछि आइतबारदेखि स्वास्थ्य सतर्कता अपनाएर बस ट्याक्सी लगायत सार्वजनिक सवारी साधान संचालनमा आएका छन् । सवारी साधन संचालनमा आए पनि यात्रु निकै कम हुँदा खाली गुडिरहेको व्यसायीले बताएका छन् ।
पहिलो दिन आइतबार ७ वटा बस संचालनमा आएकोमा दोस्रो दिन सोमबार १९ वटा बस संचालन गरिएको पोखरा यातायात प्रालिले बताएको छ । बसमा चढ्ने यात्रु प्रयाप्त नहुँदा तेल राख्न पनि समस्या परेको हो । लकडाउन खुकुलो भएपछि पनि पोखरा महानगरपालिकामा करिव दुई हप्ता बस संचालनमा आएका थिए ।
अहिले माइक्रोबस, ट्याक्सी, ठूला बस लगायतका सार्वजनिक बस संचालमा आए पनि यात्रु भने न्युन छन् । ट्याक्सी बाहिर निकाले पनि यात्रु नपाउँदा तेल खर्च पनि नउठेको एक ट्याक्सी चालकले बताए । साहुँको ट्याक्सी ठेक्कामा लिएर चलाउने गरेका उनले तेल राख्ने पैसा पनि नउठ्ने गरेको सुनाए ।
पोखरा यातायात प्रालिमा आवद्ध साना तथा ठूला गरी ३ सय ७८ वटा बस छन् । सबै बसमा गरी करिव ८ सय जना मजदुरले रोजगारी पाएको पोखरा यातायात प्रालिले बताएको छ ।
बैंकबाट ऋण लिएर यातायातमा लगानी गरेका व्यसायीलाई बैंकले ब्याज तिर्न ताकेता गरेको पनि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार सवारी साधन संचालन भएकोयातायात संचालकले बताएका छन् ।