मुख्यमन्त्री शेरधन राईसँग अंश दाबी गर्दै अदालतमा मुद्दा दायर गरेकी बालिकाले मुद्दा फिर्ता लिइन ।

Spread the love

काठमाडौं, । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसँग अंश दाबी गर्दै अदालतमा मुद्दा दायर गरेकी बालिकाले मुद्दा फिर्ता लिएकी छन् ।

राईलाई आफ्नो श्रीमान् दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी नेकपा कार्यकर्ता बालिकाले मुद्दा फिर्ता लिएकी हुन् ।

बालिकाले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् । बालिकाले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा राईलाई आफ्नो पति भएको उल्लेख गर्दै अंश मागदाबी गरेकी थिइन् ।

बालिकाको निवेदनपछि जिल्ला अदालत काठमाडौंले राईविरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *