आज पौने ४ अर्ब बराबरको शेयर कारोबार

Spread the love

काठमाडौं । आज शेयर बजार उकालो छाडेको छ   छ । बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार भएको हो । बजार खुलेदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचक ३०.७८ अंकले बढेर १५७२ अंकमा पुगेको छ ।

जुन मंगलबारको तुलनामा २ प्रतिशतको वृद्धि हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७ अंकले बढेर ३१२ अंकमा पुगेको छ । बजारमा कूल १ सय ९१ कम्पनीको एक करोड ३२ लाख १८ हजार ६ सय ९९ कित्ता सेयर ३ अर्ब ७२ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ ।

सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ९८ लाख कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबारमा आएका मध्ये निर्जीवन बीमा समूह सामान्य अंकले घटेको छ भने बाँकी सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी होटल समूह १६१ अंकले बढेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *