वायुसेवा प्रदायक कम्पनीले शतप्रतिशत यात्रु राखेर उडान गर्न पाइने

Spread the love

 

काठमाडौं । 
आन्तरिक उडान गर्ने सबै वायुसेवा प्रदायक कम्पनीले अब शतप्रतिशत सिट क्षमतामा नै यात्रु उडाउन पाउने भएका छन्। शुक्रबार मन्त्रालयमा बसेको बैठकले पूर्ण सिट क्षमतामा नै उडान गर्न दिने निर्णय गरेको हो।

गत सोमबार मन्त्रिपरिषद् बैठकले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राखेर असोज ५ गतेबाट उडान गर्न अनुमति दिने निर्णय गरेको थयो। तर निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा संघले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न नसक्ने बताउँदै मन्त्रालयमा असहमति राखेका थिए।

मन्त्रालयले संघको माग बमोजिम पूरै सिट क्षमतामा उडान गर्न दिने प्रस्ताव पुन क्याबिनेट पुर्‍याएको थियो। क्याबिनेटले पनि मन्त्रालयको प्रस्तावमा सहमति जनाएपछि शुक्रबार मन्त्रालयले यस्तो निर्णय गरी नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *