क्यानको बोर्ड बैठक भोलि, असोजमसान्त भित्र साधारण सभा

Spread the love

काठमाण्डौ ।

नेपाल  क्रिकेट संघ क्यानको बोर्ड बैठक भोलि बस्दै छ ।

चितवनको एक होटेलमा हुने बैठकका लागि पदाधिकारीहरु जाने क्रम शुरु भएको छ । भ्याली बाहिर रहेकाहरु उतैबाट जाने छन् भने भ्यालिका पनि आज दिउँसोसम्म चितवन पुग्ने जनाइएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बोर्ड बैठकका लागि धनगढीबाट चितवन आउन लागेको जानकारी दिए ।

बोर्ड बैठकमा आर्थिक वर्ष २०७१–०७२ देखि २०७६–७७ सम्मको अडिट रिपोर्ट पेस हुने छ । यसैगरी सन् २०२० का लागि खेलाडीहरुसँग केन्द्रीय सम्झौताको विषयलाई अन्तिमरुप दिइने जनाइएको छ ।

क्यान निलम्बनमा हुँदाको आर्थिक गतिविधिहरुलाई अनुमोदन गर्ने र क्यानले अब लिने रणनीतिका विषयमा ठोस निर्णय हुने बताइएको छ । अहिले पनि कार्यविधि लगाएतका कुराहरु बन्न बाँकी रहेकाले त्यस विषयमा पनि बोर्ड बैठकले निर्णय गर्ने बताए । यसैगरी असोज मसान्तभित्र क्यानको वार्षिक साधारणसभा गर्ने गरि मिति तोकिने जनाइएको छ । काेराेना महामारीका कारण वाेर्ड बैठक बस्ने सकेकाे थिएन । यसबीचमा भर्चुअल बैठक भने भएका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *