काठमाडौँ ।
इन्डियन प्रिमियर लिगमा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेञ्जर्स बैंग्लोरविच प्रतिस्पर्धा हुँदैछ । जसमा हैदरावादले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
भारतीय टिमका कप्तानसमेन रहेका कोहली आईपीएलमा भने सफल हुन सकेका छैनन् । यस्तोमा विराटको टिम पहिलो उपाधि जित्ने लक्ष्यका साथ प्रतियोगितामा सुखद् शुरुवात गर्ने तयारीमा छ । उता हैदरवादको टिम पनि सन्तुलित देखिएको छ ।
यी दुई टिमबीच अहिलेसम्म १५ पटक प्रतिस्पर्धा हुँदा बैंग्लोरले ६ पटक मात्रै जीत दर्ता गरेको छ भने हैदरावादले ८ खेलमा जीत निकालेको छ । एक खेल भने नतिजा विहीन बनेको थियो । पछिल्लो सिजनमा दुवै टिमले एक एक खेल जितेका थिए ।
बैंग्लोर टिमका कप्तान विराट कोहली, एबी डिविलियर्स र आरोन्च फिन्चको ब्याटिङ हेर्न लायक हुने छ । यसैगरी हैदरवादमा पनि वार्नरसहित फेबियन एलेन, केन विलियम्सन र मनिष पाण्डेले ब्याटिङ अर्डर मजबुत बनाउने छन् ।
यस्तै हैदरावादमा भुवनेश्वर कुमार, सन्दीप शर्मा सिद्धार्थका साथै वासिल थम्पीले बलिङ लाइन अप सम्हाल्ने छन् । स्पिनमा मोहम्मद नबी र राशिद खान पनि हैदरावाद टिममै छन् ।