अध्यक्षद्वय र महासचिवलाई १० दिनभित्र पार्टी एकता टुंग्याउने कार्ययोजना ल्याउन जिम्मेवारी

Spread the love

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सांगठनिक एकीकरणका बाँकी कामलाई पूरा गर्नका लागि १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सो जिम्मेदवारी दिँदै कार्ययोजनाबारे फेरि सचिवालयमा छलफल गरेर निष्कर्षमा पुग्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले  जानकारी दिए ।

बैठकले संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका साथै राजनीतिक नियुक्ति पनि छिटो गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

बाँकी रहेका विविध एजेन्डामा २–३ भित्र बैठक बसेर छलफल र निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए । आजको बैठकले मन्त्रिमण्डल पुनर्गठनका लागि मापदण्ड तयार गर्ने अपेक्षा गरिएको भएपनि यसबारे कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए । यसअघि आइतबार बसेको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने निर्णय गरेपछि मापदण्ड आगामी बैठकले तयार गर्ने बताइएको थियो ।

यस्तै प्रवक्ता श्रेष्ठले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गरिएकोमा सर्वोच्चमा रिट परेको विषयमा सरकारलाई सर्वोच्चबाट जानकारी आइनसकेको बताए । औपचारिक जानकारी आएपछि कसरी अघि बढ्ने भन्नेमा आवश्यक छलफल र निर्णय लिइने उनको भनाइ थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *