आज राजस्थान रोयल्स र चेन्नेई सुपर किंग्सविच प्रतिस्पर्धा

Spread the love

इन्डियन प्रिमियर लिग आइपीएलमा आज राजस्थान रोयल्स र चेन्नेई सुपर किंग्सविच प्रतिस्पर्धा हुदैछ । यूएईको सारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने आठ बजेबाट सुरु हुनेछ ।

जारी सिजनको आइपीएलमा चेन्नेई दोस्रो खेल खेल्न लागेको हो भने राजस्थानको पहिलो खेल हो । पहिलो खेलमा मुम्बईलाई पाँच विकेटले हराएको चेन्नेई लगातार दोस्रो जितको खोजिमा रहेको छ ।

यता राजस्थानपनि चेन्नेईलाई हराएर विजयी सुरुवात गर्न चाहन्छ । आजको खेलमा राजस्थानका मुख्य खेलाडी स्टिभ स्मिथ खेल्नेछन ।

घरेलु खेलाडी भन्दा विदेशी खेलाडीको भरमा रहेको राजस्थानबाट युवा खेलाडीले डेब्यु गर्ने मौका रहेको छ । यी दुई टिम पछिल्लो पाँच पटक खेल्दा राजस्थानले एक खेलमा मात्र जित निकाल्न सकेको छ ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *