काठमाडौैं, ६ असोज । राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द इन्डोनेसियाको जाकार्ता प्रस्थान गरेका छन् । कोरोना महामारीका कारण इन्डोनेसियन लिग स्थगित भएपछि स्वदेश फर्किएका उनी करिब तीन महिना नेपालमा बसाइपछि रोहित इन्डोनेसिया प्रस्थान गरेका हुन् ।
मंगलबार जाकर्ता उडेका उनी मलेसिया हुँदै इन्डोनेसिया पुग्नेछन् । पर्सिजा जाकर्ताबाट खेलिरहेका रोहित रोहित त्यहाँ पुगेपछि पनि १५ दिन क्वारेन्टाइनमा बस्नेछन् ।
क्वारेन्टाइन बसाइ सकिएपछि उनी जाकर्ताको प्रशिक्षणमा सामेल हुनेछन् ।
जाकार्ताले टिमको प्रशिक्षण थालिसकेको छ । तथापि, कोरोनाका कारण रोकिएको लिग पुनः सुरु हुने टुंगो भने लागेको छैन ।