काठमाडौं ।
असोज ३ गते राति १० बजे रुपन्देही स्थायी ठेगाना भएका रामलखन जैसवाल कैदी केन्द्रिय कारागारबाट वीर अस्पतालको इमर्जेन्सी विभागमा उपचारको लागि ल्याइएकोमा ड्युटीमा खटिएका चिकित्सक बाट परिक्षण गर्दा निजमा जिवित रहेको कुनै पनि चिन्ह नदेखिएले मृत घाेषणा गरिएको र मृतकको कोरोना परिक्षण गर्दा हिजो ५ गते कोरोना पोजेटिभ रिपोर्ट प्राप्त भएको वीर अस्पतालले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
साथै विगत ३ दिन देखि मृतकको शव शवगृहमा रहेकोले शवमा सड्ने गल्ने प्रक्रिया शुरु भैसकेको र शवमा फोकाहरु रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निस्किएको अस्पतालले बताउदै शवलाई उपयुक्त Refrigerator मा नराख्दा हुने सामान्य प्रक्रिया रहेको स्पष्ट पारेको छ । साथै अस्पतालले मेडिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यममा आँखा निकालिएको, चाेटपटक लागेको, घाँटी काटिएको जस्तो समाचार भ्रामक रहेको र उक्त समाचारमा कुनै यथार्थ नभएको स्पष्ट पारेको छ ।