इन्डियन प्रिमियर लिग आइपीएलमा आज राति कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स विच प्रतिस्पर्धा हुनेछ ।
यूएईको आबुधावीमा हुने खेल नेपाली समय अनुसार पौने आठ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा पहिलो खेल खेल्न लागेको कोलकाताविरुद्ध मुम्बई जित निकालेर कमब्याक गर्न चाहन्छ ।
यसअघि पहिलो खेलमा चेन्नेईसँग पराजित भएको मुम्बईको टिममा यदि आज नाथन कट्लर नील फिट भएमा जेम्स पाटिसानलाई प्रतिस्थापन गर्नेछन ।
बलियो ब्याटिङलाइन भएको कोलकाताको मिडिलअडरमा इयोन मोर्गन, दिनेश कार्तिक र आन्द्रे रसेलको ब्याटिङले निकै प्रभाव बनाउनेछ ।
कोलकाताको अन्तिमसम्म पनि ब्याटिङको बलियो पक्ष रहेकाले मुम्बईले आज केहि खेलाडी परिवर्तन गर्ने देखिन्छ ।
आजको खेलमा कोलकाताका सुनील नरायन फिट भएर मैदानमा उत्रने संभावना छ ।
यी दुई टिम अहिलेसम्म १० पटक खेल्दा नौ खेलमा मुम्बई विजयी भएको छ भने एक खेलमा कोलकाता विजयी भएको छ ।