बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्षको कोरोनाबाट मृत्यु

Spread the love

काठमाडौँ ।

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा  उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका  कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *