काठमाडौँ।
बार्सिलोनाका डिफेन्डर नेल्सन सेमेडोले बार्सिलोना छोडेका छन् । पोर्चुगिज खेलाडी सेमेडोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूले बार्सिलोना छोडेको पुष्टि गरेका छन् ।
खबरका अनुसार २६ वर्षीय सेमेडोलाई वुल्भसले अनुबन्ध गर्ने योजनामा रहेको बताइएको छ । उनी २०१७ मा पोर्चुगलको क्लब बेन्फिकाबाट क्याप नोउ आएका थिए ।

उनले बार्सिलोनाको जर्सीमा १२४ खेल खेलेका छन् । जसमा उनले २ गोल र ११ असिस्ट गरेका छन् ।
‘बार्सिलोनाको जर्सी लगाउने मौका दिएको क्लबलाई धन्यवाद दिन चाहन्छु’, उनले लेखेका छन्, ‘खेलाडीको रूपमा र व्यक्तिगत रूपमा विकास हुने मौका पाएँ । मैले बार्सिलोनामा बिताएका तीन वर्ष अविस्मरणीय रह्यो । सबैजनालाई धेरै धेरै धन्यवाद ।’
सेमेडो ३५ मिलियन युरोमा वुल्भसमा अनुबन्ध हुने बताइएको छ । उनले क्याप नोउमा ३० मिलियन युरो पाएका थिए ।