फातीलाई महङ्गाे खेलाडी बनाउँदै बार्सिलाेना

Spread the love

स्पेनीस युवा स्ट्राइकर अन्सु फातीलाई बार्सिलोनाले पहिलो पटक सिनियर टिममा राख्ने भएको छ । बार्सिलोनाले आधिकारीक रुपमा स्पेनीस फुटबल संघसँग अनुमती लिएर फातीलाई २५ खेलाडीमा राख्ने भएको छ ।

सन् २०२२ सम्मका लागि बार्सिलोनासँगको सम्झौता रहेको फातीलाई बार्सिलोनाले अब रिजिल क्लजपनि आधा भन्दा बढि बढाएको छ । यसअघि बार्सिलोनाले एक सय ७० मिलियन यूरो रिलिज क्लज राखेको बार्सिलोनाले अब ४०० मिलियन युरोको रिलिज क्लज राखेको छ ।

तर बार्सिलोनाले उनको साताको तलव भने बढाएको छैन । युरोपियन फुटबलको नियम अनुसार १८ बर्ष मुनीको खेलाडीले तीन बर्ष भन्दा बढिको सम्झौता गर्न नपाउने नियम रहेको छ ।

जसका कारण बार्सिलोनाले  तत्काललाई उनको सम्झौता बढाउन नपाउने भएको छ । तर उनी १८ बर्षपुगेपछि उनको सम्झौता लम्ब्याउने योजना बनाएको छ ।

बार्सिलोनाले अरु दुई बर्षका लागि सम्झौता बढाउने योजना बनाएको छ । फाती स्पेनबाट युरोपियन लिगमा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन । यतिमात्र होइन उनी बार्सिलोनाको उत्पादन रहेका छन । उनले बार्सिलोनाबाट एक सिजन अगाडी कम उमेरमा नै चर्चा पाएका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *