काठमाडौं । आज (बिहीबार) ४५७ जना कोभिड १९ संक्रमित निको भएर फर्कँदा थप १,४९७जनामा संक्रमण पुष्टि भएको छ ।
आजको अपडेटसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । संक्रमितमध्ये ५० हजार ४११ जना डिस्चार्ज भइसकेका छन् भने १८ हजार ४३७ सक्रिय संक्रमितको उपचार चलिरहेको छ । भेन्टिलेटरमा २८ जना छन् ।
यस्तै पछिल्लाे २४ घण्टामा थप १७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृतक संख्या ४५३ पुगेकाे छ ।