काठमाडौं ।
नेपाली काँग्रेसले अविरल वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा आज बिहान गएको पहिरोमा एकै परिवारका नौ जनाको मृत्यु र एक जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेस संगठन विभाग प्रमुख गोपालनमान श्रेष्ठले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ मा एक जनाको मृत्यु घटनाप्रति पनि दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेका हुन् ।
गृहजिल्ला स्याङ्जामा पहिरोमा परी जीवन गुमाएका सबैमा श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै नेता श्रेष्ठले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
साथै उनले बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन, पीडित परिवारलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । नेता श्रेष्ठले देशैभर अविरल वर्षाका कारण बाढी तथा पहिरोको उच्च जोखिम रहेकोले सजग र सतर्क रहनुहुन सम्पुर्ण देशवाशीमा अपिल पनि गरेका छन् ।