रुकुम पश्चिम, सोतीमा नवराज बिकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा २८ जनाविरुद्ध परेको कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दाको सुनुवाई सुर्खेत उच्च अदालतमा भइरहेको छ । सुनुवाई जारी रहँदा अदालत बाहिर नवराज बिकसहित ६ जनाको न्यायाको पक्षमा नाराबाजी भइरहेको छ।
यसअघि गएको भदौ २५ गते उच्च अदालत सुर्खेतले बालसुधार र पुर्पपक्षका लागि थुनामा रहेका २२ जनाको ‘सुरु सक्कल मिसिल’ मगाउने आदेश दिएको छ। रुकुम पश्चिम, सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दामा उच्च अदालत सुर्खेतले बालसुधार र पुर्पपक्षका लागि थुनामा रहेका २२ जनाको ‘सुरु सक्कल मिसिल’ मगाउने आदेश दिएको थियो ।
घटनापछि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुट मुद्दामा बाल सुधारमा रहेका २ र पुर्पपक्षका लागि थुनामा रहेका २० जनाका पारिवारिक सदस्यहरुले उच्च अदालत सुर्खेतमा सरकारविरुद्ध निवेदन दिएका थिए।