नवाजुद्दीनलाई श्रीमतीले लगाइन् बलात्कारको आरोप

Spread the love

बलिउडका भर्सटायल अभिनेता नवाजुद्दीन सिद्दिकीबाट लामो समयदेखि अलग बस्दै आएकी उनकी श्रीमती आलियाले बुधवार उनीविरुद्ध मुम्बईको वर्सोवा पुलिस स्टेशनमा गम्भीर आरोप लगाउँदै उजुरी दर्ता गरेकी छन् । त्यसमा उनले नवाजुद्दीनमाथि बलात्कार र ठगीको आरोप लगाएकी छन् । आलियाले बुधवार दिउँसो पुलिस स्टेशनमा एक लिखित उजुरी दिएकी हुन् ।
आलियाले गएको हप्ता अर्को एक उजुरीको शिलशिलामा उत्तर प्रदेशको मुजफ्फरनगरस्थित बुढाना पुलिस स्टेशनमा आफ्नो बयान दिएकी थिइन् । उक्त उजुरी उनले नवाजुद्दीन र उनको परिवारका चार सदस्यविरुद्ध दिएकी थिइन् । त्यस्तै, उनले पिंकविलासँगको एक अन्तर्वार्तामा आफूलाई नवाजुद्दीनले विवाहको समयदेखि नै मानसिक तनाव दिने गरेको बताएकी छन् ।
उनले भनेकी छन्, ‘म नवाजुद्दीनलाई २००३ देखि जान्दछु । हामी एकसाथ बस्न थालेका थियौं । उनका भाई शमास पनि हामी सँगै बस्थे । विस्तारै हामीबीच प्रेम भयो र विवाह गर्‍यौं । सुरुवातदेखि नै हामीबीच समस्या थियो । यो चाँडै बन्द हुनेछ भन्ने लागेको थियो । तर, १५/१६ वर्षमा मेन्टल टर्चर बन्द भएन ।’ विवाहपछि पनि नवाजुद्दीनले अर्कै युवतीलाई डेट गरेको उनको भनाई छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *