७-२ को फराकिलाे जितसँगै लिभरपुल लिग कपकाे चाैथाे चरणमा

Spread the love

लिभरपुल लिग कपको चोथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लिनक्लोन सिटीलाई सात दुईको भारी अन्तरले हराउँदै लिभरपुलले अन्तिम चरणमा स्थान बनायो ।

लिनक्लोनको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा युवा खेलाडी कुर्टिस जोन्स र ताकुमी मिनामिनोले दुई दुई गोल गरे । खेलको नौं मिनेटमा जेर्दान साकिरीको गोलमा अग्रता बनाएको लिभरपुलले १८ औं मिनेटमा ताकुमी मिनामिनोको गोलमा अन्तर दुई शुन्यमा पुर्यायो ।

त्यसपछि ३२ औं मिनेटमा १९ बर्षे खेलाडी जोन्सले लिभरपुललाई तीन शुन्यले अगाडी राखे भने ३६ औं मिनेटमा फेरी जोन्सले नै गोल गरेपछि लिभरपुल चार शुन्यको अग्रता लिन सफल भयो ।

पहिलो हाफमा चार गोल गरेको लिभरपुलले दोस्रो हाफमा तीन गोल थप्दा दुई गोल खान पुग्यो । खेलको ४६ औं मिनेटमा मिनामिनो गोल गर्दै टिमलाई पाँच शुन्यको अग्रता दिलाए ।

६० औं मिनेटमा लिनक्लोनले एक गोल फर्कायो । उसका लागि इडुनले गोल गरेका थिए । तर ६५ औं मिनेटमा गुरजिकले लिभरपुलका लागि छैटौं गोल गरे । ६६ औं मिनेटमा लिनक्लोनका लागि मोन्टास्माले गोल गर्दै खेल छ दुईको अवस्थामा ल्याए ।

तर ८९ औं मिनेटमा ओरिगीको गोलमा लिभरपुलले सात दुईको फराकिलो जित निकाल्यो । अब चौथो चरणमा लिभरपुलले आर्सनलसँग खेल्ने भएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *